सन्राइज बैंकका १२५ औं र १२६ औं शाखा परासी र खनारमा

काठमाडौं, १७ मंसिर । सन्राइज बैंकले १२५औं र १२६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले १२५ औं शाखा नवलपरासीको परासीमा र १२६ औं शाखा कार्यालय सुनसरीको खनारमा सञ्चालनमा ल्याएको हो ।

परासी शाखाको उद्घाटन रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ता र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा गरे भने खनार शाखाको उद्घाटन इटहरी उप–महानगरपालिकाका मेयर द्वारिकालाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा गरेका हुन् ।

त्यस्तै बैंकले सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण गरेको छ । उक्त स्थानान्तरण शाखाको कनकाई नगरपालीका मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले यी शाखासहित एक सय २६ शाखा कार्यालय, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४५ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *