Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदूरपश्चिममा हुने वित्तीय सम्मेलनको तयारी अन्तिम चरणमा

धनगढी, १७ मंसिर । सुदूरपश्चिम सरकारले आगामी २० गते धनगढीमा आयोजना गर्न लागेको वित्तीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी तीव्र पारिएको जनाएको हो ।

‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आगामी २० गते धनगढीमा एक दिवसीय वित्तीय सम्मेलन आयोजना हुन गइरहेको र तयारी तीव्र पारिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले बताएका छन् ।
सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्री वोहराले जानकारी दिए । प्रचण्डसँगै सम्मेलनमा केन्द्रबाट अन्य ४ जना मन्त्रीलाई आमन्त्रण गरिएको छ ।

सम्मेलनमा विषयगत क्षेत्रका सरोकारवाला लगायत गरी साढे ४ सय बढीको सहभागिता रहने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि सँगै बाह्य लगानीको वातावरण तयार पार्नका लागि समेत सम्मेलन आयोजना गर्न लागेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

साथै प्रदेशका जनताको वित्तीय साक्षरतामा पहुँच बढवा गरी आर्थिक समृद्धि गर्ने उद्देश्यले वित्तीय सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x