Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता

एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं, १७ मंसिर । एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच डिजिटल च्यानलबाट प्रिमियर भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र युनाईटेड इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले प्रिमियम भुक्तानी गर्न सक्ने छन् । उक्त सेवा प्रयोग गर्न युनाईटेड इन्स्योरेन्सका ग्राहकहरुले एनआईसी एशिया बैंकको मोबाइल बैकिङ्ग लगायत एनसीएचएल–कनेक्ट आईपीएस, एप, क्यूआर कोड स्क्यान गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल ३ सय १० शाखा कार्यालय, ३ सय ९३ एटीएम, ९२ वटा एक्स्टेन्सन काउण्टर र ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x