Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

साफा अवार्डद्वारा महालक्ष्मी विकास बैंक सम्मानित

साफा अवार्डद्वारा महालक्ष्मी विकास बैंक सम्मानित

काठमाडौं, १७ मंसिर । महालक्ष्मी विकास बैंक साफा अवार्डबाट पुरस्कृत भएको छ । बैंक साउथ एसिएन फेडेरेशन अफ एकाउन्ट्स(साफा)द्वारा दक्षिण एसियाली राष्ट्रका वित्तीय सेवा क्षेत्रका संस्थाहरुकोे वार्षिक प्रतिवेदनको मुल्यांकन गरी प्रदान गरिने साफा उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड– २०१८ बाट सम्मानित भएको हो ।

एक समारोहका बीच बङगलादेशका वाणिज्य मन्त्री टिपु मुन्सि एमपिले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई उक्त सर्टिफिकेट हस्तान्तरण गरेका हुन् ।

त्यस्तै बैंकले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्ट्स अफ नेपालबाट २०१८ को उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड जितेको थियो । सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट उत्कृष्ट बन्दै वित्तीय सेवा क्षेत्रका बैंकका तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x