Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बीमा कम्पनी मर्जरको कुरा सेलायो, समिति आफै अन्योलमा

बीमा कम्पनी मर्जरको कुरा सेलायो, समिति आफै अन्योलमा

काठमाडौं, १७ मंसिर । नेपालमा बीमा कम्पनीको संख्या अधिक भएको भन्दै मर्जर नीति अगाडी सारेको बीमा समिति अहिले सेलाएको छ । सबै बीमा कम्पनीहरुले चुक्ता पूँजी कायम गरेको भन्दै समितिले मर्जरको आवश्यकता नभएको बताईरहेको छ ।

अघिल्लो बर्षमात्रै नेपालमा बीमाको पहुँच कम भएको भन्दै बीमा समितिले १३ वटा नयाँ बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेको थियो । लाईसेन्स वितरण गरेको एक बर्ष पनि पुरा नहुँदै बीमा समितिले फेरी नेपालमा बीमा कम्पनीको संख्या धेरै भएकाले मर्जरमा लानुपर्ने भन्दै मर्जर निर्देशिका समेत जारी गर्याे ।

समितिले तोकिएको चुक्ता पूँजी कायम नगरेका बीमा कम्पनी र क्रस होल्डिङ्ग भएका बीमा कम्पनीलाई अनिवार्य रुपमा मर्जरमा लगिने भन्दै स्वैच्छिक मर्जर नीति अघि सारेको थियो । स्वैच्छिक मर्जरमा नजानेलाई फोर्स मर्जरमा लगिने समेत समितिले बताएको थियो । तर, हालसम्म न त सबै बीमा कम्पनीहरुले चुक्ता पूँजी कायम गरेका छन् । न त बीमा समितिले क्रस होल्डिङ्गको तथ्यांक नै संकलन गरेको छ ।

बीमा समितिले आफैले तय गरेको निर्देशनमा अडिग रहन नसक्दा बीमा कम्पनीहरुले समितिको निर्देशनलाई बेवास्ता गर्ने गरेको एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकारीले बताए ।
समितिले कुनै योजना र अध्ययन बीमा नै कम्पनीहरु मर्जरमा लैजाने घोषणा गरेको उनले बताए । उनका अनुसार निश्चित कम्पनीलाई तर्साउँनका लागि समितिले यस्तो पप्रोगाण्डा गरेको उनको दाबी छ । उनका अनुसार समितिसँग बीमा कम्पनी थप्नु पर्ने वा मर्जरमा लैजानुपर्ने आवश्यक र कारणको कुनै अध्ययन नै छैन ।

निश्चित व्यक्तिको फाईदाका लागि कम्पनी खोलिएको र निश्चित व्यक्तिको फाईदालको लागि मर्जरको नाटक मंञ्चन गरिएको समेत उनले बताए ।
नेपालमा बीमाको जति आवश्यकता छ । त्यति नै यसको दुरुपयोग भएको कम्पनी स्रोतको दाबी छ । बीमाको नाममा नियमनकारी निकायदेखि कम्पनीहरुले समेत ठगी गर्दै आएका छन् । तर, नियमनकारी निकाय आफ्नै नियमन नरहेका कारण कम्पनीहरुलाई नियमन गर्न नसकेको उनले बताए ।

नेपालमा हाल ४० वटा बीमा कम्पनी छन् । जसमध्ये १९ वटा जीवन बीमा, २० वटा निर्जीवन र एउटा पुनर्बीमा कम्पनी छ । जसमध्ये १३ वटा कम्पनी अघिल्लो आवमा थपिएका हुन् । समितिले जीवन बीमा कम्पनीलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई १ अर्ब पूँजी कायम गर्न निर्देशन दिएको थियो । समितिले २०७५ असार भित्र नै पूँजी कायम गर्न निर्देशन दिए पनि हालसम्म सबै कम्पनीले पूँजी कायम गर्न सकेका छैनन् । समिति विदेशी बीमा कम्पनीको असाईन क्यापिटलको बिषयमा अन्यौलमा नै छ ।

त्यस्तै, समितिले क्रस होल्डिङ्ग भएका कम्पनीको अध्ययन गरिने बताएको थियो । एकै प्रकारका बीमा कम्पनीमा एक प्रतिशत भन्दा बढी सेयर कायम गर्न नपाउँने नीति अगाडि सारेको छ । तर, कुन कम्पनीमा क्रस होल्डिङ्ग छ भन्ने तथ्यांक बीमा समिति आफैसँग अहिलेसम्म छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x