राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्व सहसचिव निर्मलहरि अधिकारी चयन
काठमाडौं, १७ मंसिर । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्व सहसचिव निर्मलहरि अधिकारी चयन भएका छन् । अर्थ मन्त्रालयमा रहँदा बैंकका संचालक समिति सदस्य रहेका अधिकारी सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा चयन भएका हुन् ।
उनले गभर्नर डा.चिरञ्जिवी नेपालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । गत असोज २० गते नेपाल सरकारको सहसचिव सेवाबाट उनीले अवकाश पाएका थिए।