Shangrila

मंगलबार नेप्से परिसूचक ३.७५ अंकले बढ्यो

काठमाडौं, १७ मंसिर । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सेयर बजारमा सुधार देखिएको छ । हिजो ०.८६ अंकले गिरावट आएको नेप्से परिसूचक आज ३.७५ अंकले वृद्धि भई १११५.७४ विन्दुमा रोकिएको हो ।

एक सय ७२ कम्पनीको १० लाख १० हजार ९ सय ९१ कित्ता सेयर २६ करोड ६८ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार सिद्धार्थ बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । उक्त बैंकको २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै दोस्रोमा एनएमबी बैंक लिमिटेडको एक करोड ९० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्सेमा सूचिकृत १२ समूह मध्ये ४ समूहको उपसूचकमा गिरावट आएको छ भने ८ समूहको उपसूचका वृद्धि भएको छ । उपसूचक गिरावट आउनेमा उद्योग समूह ३.९८ प्रतिशत, विकास बैंक समूह ०.०२ प्रतिशत, फाइनान्स समूह ०.२३ प्रतिशत र अन्य समूह ०.४३ प्रतिशत रहेका छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *