Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

पुनर्बीमा कम्पनीको सिईआको लागि चार जना छानिए, पौडेल सबैभन्दा बलिया दाबेदार

पुनर्बीमा कम्पनीको सिईआको लागि चार जना छानिए, पौडेल सबैभन्दा बलिया दाबेदार

काठमाडौं, १८ मंसिर । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतका लागि छनौटमा परेका उम्मेदवारको अन्तरवार्ता मिति सारिएको छ । मंसिर १२ गते भनिएको अन्तरवार्ता मंसिर २२ गते सारिएको हो । उक्त दिन उम्मेदवारले व्यवसायीक योजना समेत प्रस्तुत गर्नेछन् ।

अर्थ मन्त्रालयले रामशरण पुडासैनीको नेतृत्वमा तीन जनाको छनौट समिति गठन गरेको छ । जसमा आईक्यानबाट कृष्ण आचार्य र पुनर्बीमा कम्पनीबाट सञ्चालक रमेश राणा रहेका छन् ।
छनौट समितिले आवेदन दिएका ६ जनामध्येबाट चार जनालाई शर्ट लिस्टमा पारेको छ ।

जसमा अशोक पौडेल, चिरायू भण्डारी, शेष रमण आचार्य र शंकर कुमार रायमाझी छन् । छनोटमा परेकामध्ये अशोक पौडेल राष्ट्र बैंकको फस्र्ट क्लासबाट अवकास पाएका हुन् । उनी अहिले अर्थ मन्त्रालय अन्तर्गतको विभिन्न कार्यक्रममा संलग्न छन् । अर्थमन्त्री डा.युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा उनी सचिवालयमा कार्यरत थिए । यस अर्थमा उनी अर्थमन्त्री खतिवडा निकट व्यक्ति मानिन्छन् ।

त्यस्तै दोस्रो नम्बरमा रहेका चिरायू भण्डारी नेपाल पुनर्बीमा कम्पनीबाट भर्खरै अवकास पाएका हुन् । यस अघि उनले विभिन्न बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् । तेस्रो नम्बरमा रहेका शेष रमण आचार्य कृषि विकास बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका हुन् । शंकर कुमार रायमाझी भने राष्ट्रिय वाणिज्य बैंकको १० औ तहबाट अवकास पाएका व्यक्ति हुन् । पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्य अवधि चार बर्षको हुनेछ ।

आवदेन दिएकामध्ये क्षमता र अनुभवका आधारमा चिरायू भण्डारी बलिया दाबेदार हुन । तर यसअघि जिम्मेवारी सम्हालि सकेका कारण उनी पुन दोहोरिने सम्भावना निकै न्यून छ ।

हालका अर्थमन्त्री गभर्नर हुदाँ देखि नै निकट पौडेल अहिले पनि अर्थमन्त्री डा.युवराज खतिवडाकै सदासयता रहेकोले मन्त्रालय अन्तर्गतका विभिन्न काममा सक्रिय छन् । सोही कारण कम्पनीको प्रमुख कार्यकारी अधिकृतका सबैभन्दा बलिया दाबेदार उनी नै हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x