Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

पर्यटन बोर्डका सिईओ जोशीको कार्यकाल सकिँदै, नयाँ सिइओका लागि आवेद खुला

पर्यटन बोर्डका सिईओ जोशीको कार्यकाल सकिँदै, नयाँ सिइओका लागि आवेद खुला

काठमाडौं, १८ मंसिर । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि आवेदन खुल्ला गरिएको छ । बोर्डको सिईओ छनोटका लागि गठित उपसमितिले आज आवेदन माग गरेको हो ।

बोर्डका वर्तमान सिईओ दिपकराज जोशीको ४ वर्षे कार्यकाल आगामी पुस ७ गते सकिदै छ । नेपाल भ्रमण वर्ष अगावै सिईओ नियुक्ती गर्ने उद्धेश्यले आवेदन माग गरिएको हो । इच्छुक उम्मेदवारले २१ दिन भित्र आवेदन दिन सक्ने छन् ।

भ्रमण वर्षमा सिईओको अभावमा बोर्डको काम प्रभावित हुन नदिने सरकारी योजना छ । भ्रमण वर्ष चलिरहदा नयाँलाई जिम्मेवारी दिदा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनको काममा केही प्रभाव पार्न जाने हुदाँ जोशीलाई नै निरन्तरता दिदा उपयुक्त हुने केहीको तर्क छ ।

तर चार वर्षको अवधिमा जोशीले नेपालको पर्यटन प्रवद्र्धनमा प्रभावकारी काम गर्न नसकेको, नीजि क्षेत्रसँगको सहकार्यलाई प्रथामिकता नदिएको लगायतको आरोप केही नीजि व्यवसायीको छ । सोही कारण उनीहरु भने खुला प्रतिस्पर्धा मार्फत क्षमतावान नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने पक्षमा छन् ।

बोर्डको सिईओ आकर्षण जागिर हो । राम्रो पारिश्रमिकसँगै देश, विदेश भ्रमण लगायतका कारण बोर्डमै कार्यरत कर्मचारीसँगै पर्यटन व्यवसायीहरुले पनि सिईओका लागि तीब्र आकाक्षा देखाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x