सुनको भाउ ८ सय बढ्यो

काठमाडौं, १८ मंसिर । स्थानीय बजारमा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँ बढेको छ । मंगलबार (हिजो) प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ७२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

१५ गते देखि १७ गतेसम्म सुनको भाउमा खासै परिवर्तन आएको थिएन । तर, आज सुनको मूल्यमा एक्कासी ८ सय रुपैयाँ वृद्धि भएको हो । त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । हिजो प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ वृद्धि भई ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *