सेयर बजारमा आज पनि ८.७३ अंकको बृद्धि

काठमाडौं, १८ मंसिर । पछिल्लो दुई दिन सेयर बजारमा सुधार देखिएको छ । हिजो ३.७५ अंकले बढेको बजार आज पुन ८.७३ अंकले बढेर ११२४.४७ बिन्दुमा चढेको छ ।

आज कारोबारमा आएका मध्ये सबै समूहको उपसूचकमा सुधार देखिएको छ । जिवन बीमा समूहको उपसूचक १४२.९१ र निर्जीवन बीमा समूहको उपसूचकमा १०१.६५ अंकले बढेको छ ।

हिजोको तुलनामा आज कारोबार रकममा पनि केही बृद्धि भएको छ । १ सय ६९ कम्पनीको ३० करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा सबैभन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सको २ करोड ८२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

तर आज सबैभन्दा धेरै कमाउनेमा भने प्रभु इन्स्योरेन्सका लगानीकर्ताहरु छन् भने गुमाउनेमा बरुण हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *