Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निगमको ग्वान्जाओ उडान निश्चित

निगमको ग्वान्जाओ उडान निश्चित

काठमाडौं, १९ मंसिर । नेपाल वायु सेवा निगमको चीनको ग्वान्जाओ उडान निश्चित भएको छ । निगमले ग्वान्जाओ उडानका लागि पहल थालेको चार वर्षपछि चीनले निगमलाई उडान भर्न दिने भएको हो । चीनले नेपाल एयरलाइन्सको सेफ्टी अडीटपछि निगमको उडान शुरु हुने जनाइएको छ । आगामी मार्च महिनाबाट निगमले चीनतर्फ उडान भर्ने नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले जानकारी दिएका छन् ।

चीनबाट एयर चाइना, चाइना साउदर्न लगायत जहाजहरुले ल्हासा, ग्वान्जाओ, कुनमिङ, बेइजिङ लगायत सहरहरुबाट उडान गरे पनि नेपाली जहाज भने चीनतर्फ उडान भर्न पाइरहेका थिएनन् । नेपालले लामो समयदेखि चीनतर्फ उडान भर्न माग गर्दै आएको थियो । चीनले यसअघि हिमालय एयरलाइन्सलाई चीनका तीन सहरमा उडान भर्न अनुमति दिइसकेको छ । तिब्बत एयरलाइन्सको बहुसंख्यक सेयर भएकाले हिमालय एयरलाइन्सको चीनतर्फ उडानका लागि चाँडै अनुमति पाएको हो । चीनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाली र चीनबीच द्विपक्षीय सम्पर्क सञ्जाल विस्तार गर्ने सहमति अनुसार निगमले पनि उडान भर्न अनुमति पाएको हो ।

चीनबाट नेपाल आउने पर्यटकहरुको संख्या बढीरहेको छ । त्यस्तै ग्वान्जाओ सहरसँग नेपालको व्यापारिक सम्बन्ध पनि सघन रहेकाले ग्वान्जाओ उडान निगमलाई लाभदायक हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x