Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

जापान रोजगारीका लागि एक हजारले दिए भाषा र सीप परीक्षा

जापान रोजगारीका लागि एक हजारले दिए भाषा र सीप परीक्षा

काठमाडौं, १९ मंसिर । वैदेशिक रोजगारीका लागि जापान जान भाषा र सीपको परिक्षामा सबै अनुत्तीर्ण भएका छन् । एकजनाले भाषा परिक्षा भने उत्तीर्ण गरेका छन् । जापान रोजगारीमा जान एन थ्री तहको भाषा आवश्यक पर्छ । जापानीज ल्यांग्वेज प्रोफिसेन्सी टेस्ट (जेएलपीटी) र नर्सिङ केयर गिभरसम्बन्धि सीपका लागि गत महिना तिहारको बेला जाँच लिइएको थियो । आकर्षक श्रम गन्तव्य जापान रोजगारीका लागि जान उत्साहीत १००० नेपालीले जाँच दिएका थिए ।
भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए । जसमा ५६ जना मात्र उत्तीर्ण भए । उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीषाम सबै असफल भएको जापान फाउण्डेसनले जनाएको छ । रोजगारीका लागि जाने नेपालीलाई जापानले एसएसडब्लु भीसा उपलब्ध गराउँछ ।
जापान सरकार र नेपाल सरकारबीच गएको चैत ११ गते जापानी नागरिकसरहको सेवा सुविधा दिएर जापान नेपाली श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको थियो । जापानले नेपाल, चीन, इन्डोनेसियालगायतका नौ देशका युवा श्रमिकलाई रोजगारको अवसर दिने गरी सुरु गरेको थियो ।
जापान रोजगारीका लागि अर्को चरणको परिक्षा जनवरी २०२० मा हुन लागेको छ ।
रोजगारीमा जापान जानका लागि भाषा र सीप दुवै परिक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । जापान पाको समाज भएकाले त्यहाँ वृद्धवृद्धाको स्याहारका लागि नर्सिङ केयरका लागि आवश्यक जनशक्ति लैजान लागिएको हो । जापानले विभिन्न क्षेत्रमा रोजगारी खुला गरेको छ ।
जापानमा रोजगारी खुलेसँगै देशभर लाखौं विद्यार्थीले भाषा अध्ययन गरिरहेका छन्।
जपानले पहिलो चरणमा नेपाललगायत विभिन्न मुलुकबाट जापानमा बसोबास गरिरहेकालाई यो अवसरमा समावेश गराउन जापानभित्रै भाषा र सीपको परिक्षा गराएको थियो। जपानले १४ क्षेत्रमा रोजगारी खुला गरेको छ। कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। यस्तै जापान जाने श्रमिकले खाद्य र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपुर्जा उद्योग एवम् हवाई उद्योगमा काम गर्नुपर्नेछ।
नेपालका लागि नर्सिङ, सरसफाइ, होटल र रेस्टुरेन्टमा अन्य क्षेत्रको तुलनामा बढी अवसर पाइने सम्भावना छ। जापानमा श्रम गर्न चाहने नेपालीले जापानी भाषा र सीप परीक्षा भने अनिवार्य पास गर्नुपर्नेछ। भाषा र सीप सिकेर जापान जाने नेपाली श्रमिकले त्यहाँ काम गर्दा जापानी नागरिकसरह सेवासुविधा पाउनेछन्। जापानमा मासिक दुई लाखभन्दा बढी पारि श्रमिक पाउँछन्। जापानले आगामी पाँच वर्षभित्र नेपालसहित नौ मुलुकबाट तीन लाखभन्दा बढी कामदार लैजान लागेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x