Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पुस ७ पछि कामु सिईओको जिम्मेवारीमा रहने गरि पर्यटन बोर्डको सिईओको कार्यकाल थप

पुस ७ पछि कामु सिईओको  जिम्मेवारीमा रहने गरि पर्यटन बोर्डको सिईओको कार्यकाल थप

काठमाडौं, १९ मंसिर । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीको कार्यकाल तीन महिना थप गरिएको छ । प्रमुख कार्यकारी अधिकृत नियुक्तीका लागि आवेदन माग गरेको दिन हिजै उनको कार्यकाल थप गरिएको हो ।

जोशीको कार्यकाल आगामी पुस ७ गते सकिदै छ । त्यसपछि कामु सिईओको जिम्मेवारी सहित नयाँ प्रमुखको छनोटलाई अगाडि बढाइने सञ्चालक समिति सदस्य दिपक महतले जानकारी दिए ।

नेपाल भ्रमण वर्ष सुरु हुने समयमा पर्यटन प्रवद्र्धनको जिम्मेवार निकाय बोर्ड सिईओ बिहीन हुँदा नकारात्मक सन्देश जाने भएकाले उनको कार्यकाल थप गरेको बताइएको छ। ‘पुस ७ पछि सिईओको नियुक्ती नहुदा सम्म उनले कामु सिईओको रुपमा काम गर्ने छन्,’ महतले भने, ‘सिईओ नियुक्तीका लागि आवेदन माग गरिसकेकाले छनोट गर्न तीन महिना लाग्न सक्ने अनुमानका आधारमा उनको कार्यकाल थपिएको हो ।’

नयाँ सिइओका लागि इच्छुकले हिजोको मितिले २१ दिन भित्र आवेदन दिन सक्ने छन् । पर्यटनमा १० वर्ष अनुभव हासिल गरेको, कुनैपनि विषयमा स्नातकोत्तर उत्र्तिण गरेको र ३५ वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x