सन्राईज बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

काठमाडौं, १९ मंसिर । सन्राइज बैंकले ऋणपत्र भर्ने समायावधि आज सकिदैछ । बैंकले कात्तिक २० गते देखि तीन अर्व रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ ।

एक हजार अंकति दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १०.२५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने गरी उक्त ऋणपत्र निष्काशन गरेको हो ।

३ अर्व रुपैयाँमध्ये १ अर्व २० करोड रुपैयाँ सर्वसाधारण र १ अर्व ८० करोड रुपैयाँ संस्थागत गरि छुट्याइएको छ। सिद्घार्थ क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ । केयर रेटिङ नेपाल लिमिटेडले ‘न्यून कर्जा जोखिम’ रेटिङ प्रदान गरेको यस ऋणपत्रमा सर्वसाधारणले न्यूनतम् २५ कित्ता र अधिकतम तीन लाख कित्ताको लागि आवेदन गर्न पाउने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *