Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

निगमले चीनको ग्वाङ्जाओ र जापानको नारिता उडान भर्ने

निगमले चीनको ग्वाङ्जाओ र जापानको नारिता उडान भर्ने

काठमाडौं, १८ मंसिर । नेपाल बायुसेवा निगमले चीनको ग्वाङ्जाओ उडान गर्ने भएको छ । चिनियाँ एभिएसनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिएको हो ।

यस अघि चिनियाँ एभिएसनले निगमको प्राविधिक पक्ष र ‘अपरेसनल मेनुअल’ लाई प्राथमिकतामा राखेर निगमलाई आन्तरिक रूपमा प्रश्न उठाएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड र स्वीकृतिबमोजिम यी दुवै चासोको सम्बोधन गर्दै निगमले आफ्ना कागजात चिनियाँ पक्षलाई पठाएको थियो। उक्त प्रश्नको चित्तबुझ्दो जवाफ पाएपछि चिनियाँ एभिएसनले निगमलाई उडान अनुमति दिएको निगमले जनाएको छ । निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वाङ्जाओ उडानका लागि ‘स्लट’ पाएको बताइएको छ ।
ग्वाङ्जाओ व्यवसायिक उडानका लागि निगमको कार्यकारी समितिले छिट्टै निर्णय गर्नेछ । उक्त गन्तव्यको उडानबारे निगमको सञ्चालन र आर्थिक विभागको समन्वयमा निगम कार्यसमितिले केही दिनभित्रै निर्णय लिने निगमले जनाएको छ ।

यो गन्तव्यमा निगमले सातामा तीन दिन उडान गर्नेछ । निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँगको पहल जारी राखेको छ ।
त्यस्तै निगमले जापानको नारिता सिधा उडानको अनुमति पाएको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) सेवा पाएको छ । ग्राउण्ड ह्याण्डलिङको अनुमति पाएसँगै निगमको नारिता उडान निश्चित भएको छ । निगमले नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x