मुक्तिनाथ विकास बैंकले गर्याे मोवाईल बैंकिङ्ग अभियान सञ्चालन

काठमाडौं, १७ मंसिर । मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर १५ गतेबाट लागु हुने गरी ल्याएको मोवाईल बैंकिङ्ग अभियान आगामी फागुन १४ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

बैंकले ग्राहकलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गरेको छ । यस अभियानमा हालसम्म बैंकको मोवाईल बैंकिङ्गमार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले एनटीसी, एनसेल र स्मार्ट सेल मोवाईलमा टप–अप गर्दा २० प्रतिशत क्यास व्याक आउँने बताइएको छ ।
हालसम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झटबाट मुक्ति पाउनुका साथै नगद लाभ पनि लिन सक्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *