Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

करिब ६ प्रतिशतले घट्यो भन्सार असुली

करिब ६ प्रतिशतले घट्यो भन्सार असुली

काठमाडौं, १८ मंसिर । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा भन्सार कार्यालयहरूको राजस्व असुली ५.७० प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार देशभरका भन्सार कार्यालयहरूले चालु आव २०७६/७७ को पहिलो चौमासिक अवधिमा १ खर्ब २२ अर्ब ७८ लाख ६ हजार ५ सय ३८ रूपैंयाँ संकलन गरेका छन् । यो लक्ष्यभन्दा साढे ४७ अर्बले घटि हो । गत वर्षको सोही अवधिमा १ खर्ब ३० अर्ब २१ करोड संकलन भएको थियो।

राजस्व संकलनमा देशका मुख्य १२ भन्सार कार्यालय नै गत वर्षको असुली तुलनामा ऋणात्मक देखिएको छ । भन्सार विभागअन्तर्गत विराटनगर, राजविराज, जलेश्वर, वीरगञ्ज, कृष्णनगर, नेपालगञ्ज, राजापुर, कंचनपुर, महाकाली र त्रिभुवन विमानस्थल भंसार कार्यालय नै ऋणात्मक देखिएका हुन् । चारवटा भन्सार कार्यालयबाहेक कुनैले पनि लक्ष्य पुरा गर्न सकेका छैनन्। ठाँटी, जनकपुर, सर्लाही र रसुवा भन्सार कार्यालयले मात्र लक्ष्य पुरा गरेका छन् । अहिलेकै गतिमा असुली भएमा राजस्वको लक्ष्य भेट्न कठिन हुने देखिन्छ ।

राजस्व संकलनमा सबैभन्दा सफल रसुवा भन्सार कार्यालय देखिएको छ । उक्त कार्यालयले लक्ष्यभन्दा ४६ प्रतिशत बढि राजस्व संकलन गरेको छ । चार महिनामा रसुवा भन्सार कार्यालयले लक्ष्यभन्दा १ अर्ब ७२ करोडले बढि ५ अर्ब ४७ करोड राजस्व असुली गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले कात्तिक महिनासम्म ६७ अर्ब ८१ करोडको लक्ष्यमा १२ प्रतिशतभन्दा कम अर्थात् ४६ अर्ब ९९ करोड राजस्व असुली गरेको छ । गत वर्ष यही अवधिमा ५३ अर्ब ५९ करोड असुली गरेको थियो ।

यसैगरि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा ५ अर्ब ५९ करोड राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा १५.६० प्रतिशत र लक्ष्यभन्दा ३७ प्रतिशतले घटि हो ।

यस्तै जलेश्वर भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयको पनि राजस्व संकलन लक्ष्यभन्दा निकै कम छ । कृष्णनगर कार्यालयले प्रथम चौमासिकमा १ अर्ब १२ करोड रूपैंयाँ राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको भन्दा ३९.४३ प्रतिशतले कम हो । जलेश्वर भन्सार कार्यालयले पनि ४२ करोड राजस्व संकलन गरेको छ । यो गत वर्षको सोही अवधिको संकलन भन्दा ३९.७७ प्रतिशतले कमि हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x