Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मलेसियाबाट ३१,२०१ नेपाली कामदार माग

मलेसियाबाट ३१,२०१ नेपाली कामदार माग

काठमाडौं, १८ मंसिर । नेपालीहरुको प्रमुख श्रम गन्तव्य मलेसियाबाट ३१,२०१ कामदारको माग आएको छ । नेपाल सरकार र मेलेसिया सरकारवीच सन् २०१८ मा सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्ती सम्बन्धी समझदारीपत्र कार्यान्वयनमा आए पश्चात ठूलो संख्यामा कामदारको माग आएको हो । अघिल्लो दुई वर्षमा मलेसिया जाने कामदारको संख्या उल्लेख्य घटेको छ ।

गत आर्थिक वर्ष (२०७५–७६) मा कुल २४३,८६८ कामदार मलेसिया गएका छन् । त्यसभन्दा अघिल्लो वर्ष ३६२,०२३ र २०७३–७४ मा ३९८,९७८ जना नेपाली वैदेशिक रोजगारीका लाग मलेसिया गएका थिए । वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ र नेपाल सरकार र मलेसिया सरकारवीच भएको समझदारीपत्र बमोजिम मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गर्न सुरु गरेको छ ।

सन् २०१९ को अक्टोवर महिनाको पहिलो हप्तादेखि मलेसिया सरकारको आधिकारिक निकायबाट प्रमाणिकरण भई आएका मागपत्रहरु अभिलेखिकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरिएको राजदूतावासले जनाएको छ ।

जम्मा माग भएको श्रमिकको संख्याः ३१,२०१
औधोगिक क्षेत्रः १७,११६
सेवा क्षेत्र (सेक्युरिटि गार्ड सहित): १०,१८३
कृषि क्षेत्रः १,४७५
प्लाण्टेसनः १,३९७
निर्माणः १,०३०

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x