Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइएमई लाईफले सर्वसाधारणलाई सेयर जारी गर्ने

आइएमई लाईफले सर्वसाधारणलाई सेयर जारी गर्ने

काठमाडौं, २७ पुस । आइएमई लाइफइन्सोरेन्स कम्पनी लिमिटेडले बीमा समितको निर्देशन अनुसार चुक्तापूँजी बृद्धिका लागि सर्बसाधारणलाई सेयर जारी गर्ने भएको छ । राजधानीमा सम्पन्न कम्पनीकोे प्रथम वार्षिक साधारणमा सो जानकारी गराइएको होे ।

सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधानकार्यालय सहित ४० वटा शाखाकार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवाप्रदानगर्दे आएको जानकारी दिए । कम्पनीले आममानिसको पहुँचहुने खालको १० प्रकारको स्तरीय तथालाभदायकबीमा योजनाहरु कार्यान्वयनमाल्याएको र भविष्यमाअझ बढी लाभदायक र नबिनतम् बिमा योजनाहरु ल्याउने जानकारी दिए । यस कम्पनीमा हालसम्म आबद्ध रहेका १हजार २ सय ५४ अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाइ व्यबसायमा सक्रीय रुपले सहभागी हुनेु गरि प्रबिधि र सफ्ट्वयेरलाई उच्चतम् प्रयोग गराई सम्पुर्ण शाखाहरुबाट बिमालेख जारी गर्दै आइरहेको पनि उनले बताए ।

सोही साधारण सभाले संस्थापक समूहवाट प्रतिनिधित्वगर्ने संचालकपदमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी साथै विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x