कामना सेवा विकास बैंकको हकप्रद माघ १५ गते बाट

काठमाडौं, २७ पौष । कामना सेवा विकास बैंकले माघ १५ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० बराबर १.५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकको हकप्रद शेयरको बिक्री बन्द भने फागुन २० गते हुने भएको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको ३० करोड ९४ लाख १५ हजार ४७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार १५४.७७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले उक्त हकप्रद शेयर निष्कासनको लागि एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले माघ ३ गते शेयर दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ ।

हकप्रद शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३६ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५ करोड रुपैयाँ रहेको छ । हकप्रद शेयरको पुँजीकरण पछि बैंकलाई तोकिएको चुक्ता पुँजी पुर्याउन १४ करोड रुपैयाँको आवश्यकता पर्नेछ । केन्द्रिय बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *