मुलुकको समृद्धिमा अर्थविद्हरुको जोड

काठमाडौं, १९ मंसिर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले पन्ध्रौं योजनामा समृद्धि र खुसका सूचक, मापदण्ड र दृष्टिकोणहरु समावेश गरेको जानकारी दिनुभएको छ । प्रन्ध्रौं योजनामा समृद्धिका ४ र खुसका ६ सुचकहरु रहेको जानकारी दिदै प्रन्धौं योजना कार्यान्वयनमा जोड दिए ।
नेपाल खुल्ला विश्वविद्यालयको व्यवस्थापन तथा कानुन संकायले राष्ट्रिय योजना आयोग, गोवल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्ट र ओडिसि पोलिसि हव सँगसँगको सहकार्यमा आयोजित एक छलफल कार्यक्रममा उनले देशको समृद्धिका लागि प्रन्धौं योजना कोसेढुङगा सावित हुने विश्वास पनि उनले व्यक्त गरे ।
कार्यक्रममा ओडिसि पोलिसि हवका कार्यकारी अध्यक्ष मोहन दास मानन्धरले देशले धेरै राजनैतिक क्रान्ति देखिसकेकाले अव देशमा सामाजिक आर्थिक परिवर्तन हुनु पर्नेमा जोड दिए ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य प्रा. डा पुस्कर बज्राचार्यले नेपालको विकास योजनाहरु लक्ष्य केन्द्रित नभएको तर्क गरे । आर्थिक विकासले मात्र समृद्धि हाँसिल गर्न नसक्ने र यसका लागि सुशासन, विधिको शासन, नागरिक हक, सामाजिक न्याय, वातावरणीय सन्तुलन लगायत बहुआयामिक पक्षहरुलाई ध्यानमा राख्नु पर्ने धारणा राखे ।
नेपालका लागि एडिबीका पुर्व आवासिय प्रतिनीधि र हाल बांग्लादेश स्थित ब्राक इन्टिच्यूट अफ गभर्नेन्स एण्ड डेभलपमेन्टका विशेषज्ञ डा सुल्तान हफिस रहमाणले बांग्लादेश दक्षिण एसियामा एक सम्पन्न राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको भन्दै अन्य राष्ट्रले पनि त्यसबाट पाठ सिक्नुपर्ने बताए ।
कार्यक्रममा सहभागि अन्य वक्ताहरुले पनि मुलुकको समृद्धि र त्यसका लागि लिन पर्ने वाटोबारे सरकार स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।