Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

नीतिगत अस्थिरता र चर्को ब्याजदरको चपेटामा सेयर लगानीकर्ता

नीतिगत अस्थिरता र चर्को ब्याजदरको चपेटामा सेयर लगानीकर्ता

काठमाडौं, १९ मंसिर । साताको अन्तिम दिन बिहीबार (आज) सेयर बजारमा उत्साह छाएको छ । मंगलबार र बुधबार लगातार बढेको सेयर बजार आज पनि बढेर बन्द भएको हो । आज नेप्से परिसूचक ७.४५ अंकले वृद्धि भई ११३१.९२ विन्दुमा पुगेको छ ।

हिजोको तुलनामा आज सेयर कारोबार पनि ५ करोड रुपैयाँ बढी भएको छ। एक सय ६८ कम्पनीको १० लाख ९५ हजार एक सय ८८ कित्ता सेयर ३५ करोड ८८ लाख रुपैयाँमा खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको ३ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

नेप्सेमा सूचिकृत १२ समूहमध्ये एक समूहको उपसूचकमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा ०.६७ प्रतिशतले गिरावट आएको हो ।

पछिल्लो तीन दिन लगातार बजार बढेपनि लगानीकर्तामा भने उत्साह छाएको छैन् । हिजो–आज बजार केही बढेपनि नीतिगत सुधार नभएसम्म लगानीकर्ताहरुले सम्पत्तिको सुरक्षा भएको महसुश नगर्ने सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन् । सरकारले सेयर बजारमा भ्याटमा सहुलियत दिएर नीतिगत सुधार गर्नुपर्ने उनको भनाई छ । बजेट भाषणमा पुँजीगत लाभ करमा छुट दिने भने पनि अहिलेसम्म मापदण्ड बन्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको अध्यक्ष अर्यालले बताए ।

त्यस्तै, संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेले लगानीकर्ता निराश हुनुमा विभिन्न कारणमध्ये अर्थमन्त्री एक कारण भएपनि पूर्णरुपमा उनलाई दोस दिन नहुँने बताए । उनी भन्छन् ‘ब्याजदरको कारण बजारलाई प्यानिक बनाएको हो । सेयर बजार सुधारका लागि अर्थमन्त्रीले समिति गठन गरेर बजारको सुधारको लागि भन्दै ५८ बुँदा ल्याएपनि त्यसको कार्यान्वयन भए नभएको मूल्याङकन र अनुगमन गर्न नसक्नु मन्त्री खतिवडाको कमजोरी हो ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x