Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पहिलो चौमासिकमा साढे २ खर्ब राजस्व असुली, लक्ष्य भन्दा २७.८९ प्रतिशतले कम

पहिलो चौमासिकमा साढे २ खर्ब राजस्व असुली, लक्ष्य भन्दा २७.८९ प्रतिशतले कम

काठमाडौँ, २० मंसिर । चालु आर्थिक बर्ष २०७६/७७ को पहिलो चौमासिक अवधिमा सरकारले २ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसमध्ये भन्सार कार्यलयहरुबाट १ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम सरकारले लिएको लक्ष्य भन्दा २७.८९ प्रतिशतले कम हो । सरकारले चालु आवको कार्तिक महिनासम्ममा २ खर्ब ९५ अर्ब ९४ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको थियो ।

सरकारले आन्तरिक राजस्व कार्यलयहरुबाट असुली गर्ने भनेको राजस्व पनि लक्ष्य भन्दा कम संकलन भएको छ । सो अवधिमा सरकारले आन्तरिक राजस्व कार्यलयहरुबाट १ खर्ब ६ अर्ब १४ करोड रुपैयाँ राजस्व असुली गरेको छ । यो रकम लक्ष्य भन्दा १९ अर्ब रुपैयाँले कम हो । त्यस्तै, ब्याजकरबाट ९ अर्ब ५७ करोड असुली भएको छ । मूल्य अभिबृद्धि करबाट ३५ अर्ब ६४ करोड राजस्व संकलन भएको छ ।

समिक्षा अवधिसम्ममा सरकारले असुल गरेको राजस्वमध्ये ३३ प्रतिशत भ्याट छ । २० प्रतिशत भन्सार महसुल छ । आयकर र अन्तशुल्क १७ प्रतिशत असुल भएको छ भने १० प्रतिशत गैरकर र ३ प्रतिशत अन्य शीर्षकमा राजस्व संकलन भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x