४ सय केभी ढल्केबर सबस्टेसन पुस भित्र निर्माण सम्पन्न गरिने
काठमाडौं, २० मंसिर । ४ सय केभी ढल्केबर सबस्टेसन पुस भित्र नै निर्माण सम्पन्न हुन भएको छ । नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधिन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको हो। विद्युत प्राधिकरणका अनुसार सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुनेछ । मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ ।
‘सबस्टेसनमा रहने ट्रान्सफर्महरको क्षमता ९४५ केभीए छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिनेछ । वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिनेछ । ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा संचालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा संचालन हुनेछ ।