नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा राणा

काठमाडौं, २० मंसिर । नेपाल–भारत उद्योग वाणिज्य संघमा सृजना राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छन् । बिहीबार सम्पन्न संघको २५औँ वार्षिक साधारणसभाले राणाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको नयाँ कार्यसमिति सदस्यहरुमा अभिमन्यू पोड्डार, आनन्द बगारिया, ज्ञानेन्द्र लाल प्रधान, हेमराज ढकाल, आरबि रौनियार, सन्दिपकुमार अग्रवाल, सैवाल घोष, सुधीर मित्तल र सुनिल केसी रहेका छन् । संघको बिधान बमोजिम कार्यसमिति बैठकले संघको पदाधिकारी चयन गर्नुका साथै ३ जना सदस्यहरुको मनोनयन गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष राणाले नेपालमा पछिल्लो समय विदेशी लगानी अपेक्षा अनुसार बढ्न नसकेको भन्दै आगामी दिनमा भारतीय लगानी प्रवद्र्धनमा जोड दिने बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *