Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लक्ष्मी लघुवित्तको २६ प्रतिशत लाभांश पारित

लक्ष्मी लघुवित्तको २६ प्रतिशत लाभांश पारित

काठमाडौं, २० मंसिर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष ०७६÷७७ को असार मसान्तसम्मको चुक्ता पुँजीबाट २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार काठमाडौंमा सम्मन्न संस्थाको आठौं साधारण सभाबाट उक्त लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर तथा नगत लाभांशमा लाग्ने कर समेत गरि ११.३२ प्रतिशत नगत र १५ प्रतिशत सेयर लाभांश वितरण गर्ने लक्ष्मी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष जीवन प्रकाश लिम्बुले जानकारी दिए । अध्यक्ष लिम्बुले संस्थाले सेयरधनीहरुलाई आगामी वर्षहरुमा अझ नगत र सेयर लाभांश बढाउँदै लाने जानकारी दिए ।

त्यस्तै कार्यक्रममा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संस्थाले एक बर्ष भित्रमा पेपरलेस बैंकिङ्ग सेवा प्रणाली मार्फत सेवा दिने बताए । उनले हाल लघुवित्तले ५२ जिल्लामा ६७ वटा शाखाबाट सेवा प्रवाह गर्दै आएको पनि जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x