Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

युनाईटेड फाईनान्सका ७ वटा शाखा थपिए

युनाईटेड फाईनान्सका ७ वटा शाखा थपिए

काठमाडौं, २१ मंसिर । युनाईटेड फाईनान्स कम्पनी लिमिटेडले शुक्रबार एकैसाथ विभिन्न स्थानमा ७ वटा शाखा विस्तार गरेको छ । फईनान्सले इटहरी, धरान, जनकपुर, वर्दिवास, निजगड, हेटौडा र भैरहवामा शाखा विस्तार गरेको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भैरहवा शाखाको उद्घाटन गरे भने अन्य स्थानमा त्यहाँका मेयर र उद्योग वाणिज्य महासंघका पदाधीकारीहरुले उद्घाटन गरेका थिए ।

फाईनान्सले यी नयाँ शाखासहित २२ वटा शाखाबाट सेवा दिँदै आएको छ । फाइनान्सले २०७६ असोज मसान्त सम्म करीव ६ अरव ७० करोड निक्षेप तथा ६ अरव १४ करोड कर्जा परीचालन गरेको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x