मुलुककै सबैभन्दा ठुलो बैंकको सिईओको यस्तो छ भावी योजना (भिडियो सामाग्री)
काठमाडौं, २२ मंसिर । बैंकिङ क्षेत्रमा विग मर्जरको चर्चा सुरु भएको लामो भइसक्यो । सरकारले पनि चालु आर्थिक वर्षको बजेट मार्फत ठुला बैंकहरु एक आपसमा गाभ्ने–गाभिने कार्यलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ भने बाणिज्य बैंकहरुले पनि नेपाल राष्ट्र बैंकमा मर्जरमा जान तयार रहेको जनाउ दिएका थिए । त्यसले साकार रुप लिन सकेको थिएन । तर, शुक्रबार ग्वोबल र जनता बैंकले एकीकृत कारोबार सुरु गरि विग मर्जरको थालनी गरेका छन् ।
दुई बैंक मर्जरपछि चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी र शाखा संजालका हिसावले मुलुककै सबैभन्दा ठुलो बैंक बनेको छ । मुलुककै सबैभन्दा ठुलो बैंकको व्यवस्थापकीय प्रमुखको जिम्मेवारी पर्शुराम कुँबर क्षेत्रीले पाएका छन् । देशकै सबै भन्दा ठुलो बैंकलाई आगामी दिनमा कसरी अघि लैजाने भन्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत क्षेत्री अर्थको अर्थलाई आफ्नो योजना यसरी सुनाए ।