Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेयर बजारमा सकारात्मक संकेत, आइतबार नेप्से ३.४५ अंकले बढ्यो

सेयर बजारमा सकारात्मक संकेत, आइतबार नेप्से ३.४५ अंकले बढ्यो

काठमाडौं, २२ मंसिर । केही दिन यता लगातार बढ्न थालेको सेयर बजार साताको पहिलो कारोबार दिन आइतबार (आज) पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन (बिहीबार) ७.४५ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ३.४५ अंकले वृद्धि भई ११३५.३७ विन्दुमा रोकिएको छ ।

एक सय ७१ कम्पनीको ९ लाख ८७ हजार ७ सय ३९ कित्ता सेयर २८ करोड ७५ हजार रुपैयाँमा खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर खरिद–विक्री नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटरको भएको छ । लाईफ इन्स्योरेन्सको २ करोड १३ लाखभन्दा बढीको सेयर कारोबार भएको हो । सेयर कारोबार बढी हुने दोस्रोमा मुक्तिनाथ विकास बैंक लिमिटेड रहेको छ । उक्त बैंकको एक करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको उपसूचमा वृद्धि भएको छ भने बाँकी ६ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक वृद्धि हुनेमा बैंकिङ्क उद्योग, होटेल, विकास बैंक, अन्य र माईक्रोफाइनान्स समूह रहेका छन् । त्यस्तै उपसूचक गिरावट आउनेमा हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, जीवन बीमा र म्यूचुअल फण्ड समूह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x