Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

लगानी कहाँ गर्ने सोचमा हुनुहुन्छ भने तयार हुनुहोस साढे ६ अर्बको सेयर निकाष्शन हुँदैछ

लगानी कहाँ गर्ने सोचमा हुनुहुन्छ भने तयार हुनुहोस साढे ६ अर्बको सेयर निकाष्शन हुँदैछ

काठमाडौं, २५ मंसिर । नेपाल धितोपत्र बोर्डमा ६ अर्ब ५४ करोड १६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको सेयर र म्युचुअल फन्डका इकाइ निस्काशनका लागि स्वीकृति माग्दै विभिन्न कम्पनीले निवेदन दिएका छन्। जसमध्ये ४ अर्ब ४० करोडभन्दा बढीको प्राथमिक सेयर निष्काशन पाइपलाइनमा छ। साढे ३३ करोडको आईपीओ जारी गर्न बोर्डले स्वीकृति दिइसकेको छ। थप १ अर्ब ८० करोड बराबरको सामुहिक लगानी कोष बिक्री गर्ने तयारी भएको छ।

बोर्डका अनुसार शिव श्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति पाइसकेको छ। युनाइटेड मर्दी एन्ड आरबी हाइड्रोपावरले स्थानीय समुदाय र सर्वसाधारणलाई बिक्री गर्न १० करोड ५० लाखको सेयर जारी गर्दै छ। लिबर्टी इनर्जीले पनि ३७ करोड ५० लाखको सेयर जारी गर्दै छ। संगति हाइड्रोइनर्जीले ४३ करोड ५० लाख, ग्रिनलाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख, मैलुङखोला जलविद्युत् कम्पनीको ७ करोड ३६ लाख, शुभम पावरको ५ करोड ८० लाख, हिमालयन हाइड्रोपावरको २२ करोड ५० लाख र तेह्रथुम पावर कम्पनीको १२ करोड रुपैयाँको सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर निस्काशन गर्न बोर्डमा निवेदन दिएको छ। आईएमई समूहको ठूलो स्वामित्व भएको कम्पनी इमर्जिङ नेपालले पनि ५ करोड रुपैयाँको सेयर निस्काशन गर्ने भएको छ। हालैमात्र स्थापित पूर्वाधार विकास बैंकमा संस्थागत लगानी गरेको यो इन्भेस्टमेन्ट कम्पनीले भेञ्चर क्यापिटल जसरी नै लगानी गरिरहेको छ। गैरआवासीय नेपालीले मुलुकको पूर्वाधारमा लगानी गर्न खोलेको ‘एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभेलपमेन्ट’ कम्पनीले पनि ३३ करोड ९८ लाखको सेयर जारी गर्दै छ। सिबिल क्यापिटलले ३ करोड र सीईडीबी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले २५ करोड १८ लाखको सेयर जारी गर्दै छन्।

सानिमा म्युचुअल फन्डको ‘सानिमा लार्ज क्याप फन्ड’ ले १ अर्ब रुपैयाँको इकाइ जारी गर्न स्वीकृति मागेको छ। लक्ष्मी म्युचुअल फन्डको लक्ष्मी उन्नति कोषले पनि ८० करोड रुपैयाँ बरोबरका इकाइ बेच्न बोर्डसँग स्वीकृति मागेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x