बैक तथा वित्तीय संस्थाको नजर ऋणिको घरजग्गामा नै

काठमाडौं, २५ मंसिर । बैंक तथा वित्तीय संस्थाहरुको नजर ऋणिको घरजग्गामा नै बढी जाने गरेको पाईएको छ । वित्तीय संस्थाले घरजग्गा हुनेलाई सहजै कर्जा उपलब्ध गराउँने र अन्य सम्पति धितोमा राख्ने ऋणिलाई विभिन्न बहाना गर्ने गरेका छन् ।

केन्द्रिय बैकको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७६÷७७ को पहिलो त्रैमास अवधिमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको ६४.४१ प्रतिशत घरजग्गाको धितोमा लगानी भएको छ । अघिल्लो वर्ष यस्तो ६३ प्रतिशत कर्जामा मात्रै घरजग्गा धितो राखिएको थियो । नेपालमा घरजग्गाको मूल्य दिन प्रति बढ्दै जानुले वित्तीय संस्थाको यस्तो धितो प्रत्ति बढी विश्वस्त रहने गरेका हुन् । बंैकिङ अभ्यासको सुरुवाति चरणमा भने अन्न, बाली लगायत भण्डारमा रहेका सामानको धितोमा ऋण प्रवाह गर्ने प्रचलन भए पनि पछि घर जग्गा प्रतिको बैंक तथा वित्तिय संस्थाको आकर्षण घटेको छैन ।

राष्ट्र बैंकको तथ्यांकले गएको असोज मसान्तसम्ममा प्रवाह भएको कुल ३० खर्ब ३५ अर्ब कर्जामध्ये २ खर्ब ४६ अर्ब व्यक्तिगत घरकर्जा र १ खर्ब ५७ अर्ब घरजग्गा कर्जामा प्रवाह भएको छ ।
सुनचाँदी धितोमा ३५ अर्ब ५६ करोड कर्जा प्रवाह भएको छ । सरकारी धितोपत्रमा ३४ करोड ५५ लाख, गैरसरकारी धितोपत्रमा ३६ अर्ब १३ करोड, मुद्धती खाताको रिसिप्टमा २२ अर्ब १७ करोड, सम्पति धितोमा २७ खर्ब ३ अर्ब, विल्स धितोमा ३१ ऋर्ब ८८ करोड, ग्यारेण्टी धितोमा १ खर्ब ५ अर्ब, क्रेडिट कार्डमा धितोमा १ अर्ब ९२ करोड र अन्य धितोमा ९७ अर्ब ७८ करोड कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैकको तथ्यांकमा उल्लेख छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *