Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विन्टरमा पनि सगरमाथा आरोहण गर्दै

विन्टरमा पनि सगरमाथा आरोहण गर्दै

काठमाडौं, २७ मंसिर । जर्मनका दुई आरोहीले विन्टर सिजनमा समेत सगरमाथा आरोहण गर्ने भएका छन् । पर्यटन विभागका अनुसार आरोही हग डेनियल र उनका लिडर जोस्ट कोबुचले यसै महिना आरोहण गर्ने गरी राजस्व बुझाएर अनुमति लिएका हुन्। राजस्वमा भारी छुट पाएसँगै विदेशी आरोही स्प्रिङ सिजन बाहेकका समयमा पनि हिमाल आरोहणमा आउन थालेको पर्यटन विभागले जनाएको हो। गत बर्ष यो सिजनमा एक जनाले पनि अनुमती लिएका थिएनन् ।

सरकारले १२ महिना नै हिमाल आरोहण गराउने भन्दै ७५ प्रतिशतसम्म राजस्व छुट दिएको छ। सगरमाथाका आरोहणका लागि ११ हजार डलर राजस्व तोकिए पनि विन्टरमा आरोहण गर्ने आरोहीले प्रतिव्यक्ति २ हजार ५ सय डलर बुझाउनुपर्नेछ। साउथ फेसबाट सगरमाथा आरोहणका लागि स्प्रिङ सिजनमा १० हजार डलर तोकिएको छ। अटममा ५० प्रतिशत, विन्टर र समरमा ७५ प्रतिशत राजस्व छुट दिइएको छ।

विन्टर सिजनमा हिउँ र चिसो बढी हुने भएकाले सफल आरोहण कम हुने आरोहीहरुको भनाइ छ। गत वर्ष विन्टरमा आरोहण अनुमति लिने आरोही शून्य रहेकोमा यो वर्ष सगरमाथामा मात्र ६ जनाभन्दा बढी हुने विभागले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x