मुग्लिन–नारायणगढ सडक आज देखि पुस ११ सम्मका दिउँसोमा बन्द

काठमाडौं, २७ मंसिर । मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ।

पहिरो रोक्ने गरि पूर्वाधार निर्माणका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको जनाइएको छ। यसअघि जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

पहाडबाट झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हालिने उनले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *