Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अब बोलाउँनुस् ट्याक्सी घरमै

अब बोलाउँनुस् ट्याक्सी घरमै

काठमाडौं, २७ मंसिर । पछिल्लो समय बढ्दो प्रविधिको विकासले मानिसको दैनिकलाई निकै सहज बनाउदै लगेको छ । आफ्नो साथमा भएको मोबाइलबाटै आफुलाई मनपर्ने सामान खरिद–बिक्री देखि अन्य अत्यावश्यक कामहरु गर्न सकिन्छ ।

त्यस्तै यातायातको क्षेत्रमा प्रविधिको प्रयोगले धेरै सहजता थपेको छ। त्यसको उदाहरण हो–ट्याक्सीमाण्डु ।

सडकमा बसेर ट्याक्सी–ट्याक्सी भन्दै चिच्याउने र ट्याक्सी कहिले आउँछ भनि कुरेर बस्ने र भाडाको लागि बार्गेनिङ्ग दिनको अन्त्य गर्न भन्दै हिजो देखि ट्याक्सीमाण्डु सेवा सुरु गरिएको छ। ट्याक्सीमाण्डु प्रा.लि.ले सुरु गरेको उक्त मोवाइल एपमार्फत जुनसुकै ठाउँमा जानका लागि ट्याक्सी बोलाउन सकिने छ ।

विशेष गरि ‘नेपाल भ्रमण २०२०’ को पूर्वसन्ध्यामा पर्यटक तथा अन्य यात्रुको सहजताका लागि काठमाडौं उपत्यकामा ट्याक्सीमाण्डु सेवा सञ्चालनमा ल्याइएको हो । उक्त सेवाको सुरुवात ‘फील सेफ राइड अन टाइम’ भन्ने स्लोगनका साथ बिहीबारबाट औपचारिक रुपमा सुरु गरिएको छ । ट्याक्सीमाण्डुले परम्परागत ट्याक्सी व्यवसायमा आधुनिक प्रविधिको प्रयोग गरि एप मार्फत चालक र यात्रुबीच सहजरुपमा समन्वय गराउने ट्याक्सीमाण्डु प्रा.लि.का प्रवन्ध निर्देशक अर्जुन के.सीले बताए । यात्रु र चालकका लागि छुट्टा छुट्टै बनाइएको यो एपबाट यात्रुले घरमा बसेरै कम पैसामा सजिलै ट्याक्सी सेवा पाउने र चालकले यात्रु खोज्नुपर्ने बाध्यता हटेर जाने विश्वास उनको छ ।

यो एपमा आवद्ध हुने चालक तथा यात्रुको सम्पूर्ण जानकारी सहितको अभिलेख राखिने छ ।

चालकले १० प्रतिशत मात्र रकम तिर्नु पर्ने

ट्याक्सीमाण्डुमा आवद्ध भएका ट्याक्सी चालकले कमाएको रकमको १० प्रतिशत प्रा.लि.लाई बुझाउनुपर्ने छ । त्यहि १० प्रतिशत रकम यात्रुलाई प्रा.लि.ले एपमार्फत् छुट दिइने के.सीले बताए । वर्ष भरिमा जसले धेरै ट्रीप गर्न सक्छ उसलाई प्रा.लि.ले उचित पुरस्कारको व्यवस्था समेत गरेको जानकारी उनले दिए ।

त्यस्तै, ट्याक्सीमाण्डुमा आवद्ध चालहरुले ह्याम्स हस्पीटलबाट उपचारमा १० प्रतिशत छुट र औषधि खरिद गर्दा ५ प्रतिशत छुट पाउनेछन् । त्यस्तै ट्याक्सीमाण्डुको एप प्रयोग गर्ने यात्रु तथा चालकले इसेवाबाट पैसा पे गर्दा ५ प्रतिशत रकम क्यासव्याक पाउने पनि बताइएको छ ।

यो एपमा अहिलेसम्म १२ सय भन्दा बढि चालक आवद्ध भइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x