Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चक्रपथ विस्तारको दोस्रो चरण : रुख काट्ने काम सकिएसँगै अव नयाँ बसपार्कको आकाशे पुल भत्काउने तयारी

चक्रपथ विस्तारको दोस्रो चरण : रुख काट्ने काम सकिएसँगै अव नयाँ बसपार्कको आकाशे पुल भत्काउने तयारी

झरना कँडेल काठमाडौं, २७ मंसिर । काडमाडौं चक्रपथ सुधार आयोजना अन्र्तगत दोस्रो चरणको कलंकी–महाराजगञ्ज खण्ड बिस्तार गर्न नयाँ बसपार्कको आकाशेपुल भत्काईंने भएको छ । कलंकी–महाराजगञ्ज खण्डको कलंकीदेखि धोबीखोला पुलसम्मको ११.६ किलोमिटर सडक खण्डको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने काम भइरहेको छ ।

त्यस खण्डको सडक छेउछाउमा परेका रुख काट्ने, विजुलिका पोल सार्ने र आसपासमा भएका घरहरु भत्काउँने काम सुरु भएसँगै नयाँ बसपार्कको आकाशेपुल पनि भत्काउने तयारी अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ आयोजना प्रमुख अमृतमणि रिमालले जानकारी दिए । उनले भने–‘कलंकी–महाराजगञ्ज चक्रपथ सडक खण्ड निर्माणको डिपिआर तयार भईरहेहो छ । हामीले त्यस खण्डमा पर्ने रुखहरु काट्ने काम गर्नुका साथै बिजुलीका पोलहरु पनि अन्यत्र सार्ने काम गरिरहेका छौं । नयाँ बसपार्कमा रहेको आकासे पुल भत्काउने काम बाँकी छ । त्यो काम अब छिटै हुनेछ ।’

दोस्रो खण्डको कलंकी–महाराजगञ्ज सडक खण्डमा ३० देखि ३२ वटा घरहरु रहेको र ति घरहरुको जग्गा अधिग्रहण गर्नका लागि भौतिक पुर्वाधार मन्त्रालयमा फाईल पठाईएको रिमालले अर्थको अर्थलाई जानकारी दिए । फाईल स्वीकृत भएर आएपछि जग्गा अधिग्रहण गरि नोटिस जारी गरेपश्चात घर भत्काउँने काम सुरु गर्ने उनले बताए । उनका अनुसार अहिलेसम्म सो सडक खण्डमा एक हजार ६ सय भन्दा बढि रुख काटिएको छ भने करिव ५ सय विजुलीका पोल अन्यत्र सारिएको छ ।

आयोजना प्रमुख रिमालका अनुसार आयोजनाको तर्फबाट गरिने क्लीयरीङको काम लगभग सकिएको छ । चिनियाँ प्राविधिकले डिपीआर तयार गरेपछि करिब २ महिनापछि सडक बिस्तारको कामले तिब्रता पाउँने उनले बताए । बिस्तारको काम सुरु भएको ३ वर्षसम्ममा सम्पूर्ण काम सम्पन्न हुनेछ ।

चावहिल–तिलगंगा खण्डको काम अलमलमा

त्यसैगरी आयोजनाको तेस्रो चरणमा बिस्तार हुने भनिएको चाबहिल–तिलगंगा खण्डमा के गर्ने भन्ने कुराको टुङ्गो अहिलेसम्म लाग्न सकेको छैन् । चाबहिलदेखि गौशालासम्मको सडकको चौडाई निकै कम भएको र सो क्षेत्रमा अत्याधिक घरसँगै विश्व सम्पदा सूचीमा परेको क्षेत्र पशुपतिनाथ पनि रहेकोले के गर्ने भन्ने विषयमा टुङ्गो लाग्न समय लाग्ने आयोजना प्रमुख रिमालले जानकारी दिए ।

तिलगंगा–कोटेश्वर खण्डको सडक नेपाल सरकारले बनाउँने

चौथो तथा अन्तिम चरणको तिलगंगादेखि कोटेश्वरसम्मको साढे २ किलोमिटर सडक खण्डको निर्माण भने नेपाल सरकारको लगानीमा बन्ने छ । यो खण्डको निर्माण गर्ने जिम्मा सडक डिभिजन कार्यालयले गर्ने बताईएको छ । जसका लागि टिच स्टुडियो अफ ईन्जिनियरिङ कन्सलट्यान्टले डिपिआर गरिरहेको डिभिजन कार्यालयकी ईन्जिनियर आशिका पोखरेलले बताईन् । उनले अर्को महिनासम्म डिपिआर तयार भईसक्ने पनि जानकारी दिईन् । कन्सल्ट्यान्टले डिपिआर बुझाएपछि मु–आब्जाको काम पछि क्लीयरेन्सको काम सकेर मात्रै निर्माणको काम सुरु गरिने ईन्जिनियर पोखरेलको भनाइ छ ।

पहिलो चरणमा कलंकी–कोटेश्वर सडक खण्ड यसअघि नै ८ लेनको चीनको अनुदानमा चीनकै सांघाई कन्स्ट्रक्सन ग्रुपले निर्माण सम्पन्न गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x