Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

गोकर्ण रिसोर्टको लिज अर्को २५ वर्ष यति होल्डिङ्सलाई

गोकर्ण रिसोर्टको लिज अर्को २५ वर्ष यति होल्डिङ्सलाई

काठमाडौं, २८ मंसिर । सरकारले लिज सम्झौता समाप्त हुनु ५ वर्ष ८ महिना अघि नै गोकर्णस्थित गोकर्ण रिसोर्ट सञ्चालनको जिम्मा अर्को २५ वर्षको लागि यति होल्डिङ्सलाई दिएको छ । यति होल्डिङ्स यति एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको कम्पनी हो । गत वर्ष हवाइजहाज दुर्घटनामा निधन भएका पर्यटन व्यवसायी शेर्पाको कम्पनीलाई मन्त्रिपरिषद्ले विवादास्पद निर्णय गर्दै सम्झौता सकिनु झण्डै ६ वर्ष अघि नै अर्को २५ वर्षका लागि सम्झौता नवीकरण गरिदिएको हो ।
सगरमाथा आधार शिविरमा सरकारी जग्गा मिचेर कोङ्दे रिसोर्ट सञ्चालन गरेका शेर्पाले नेपाल ट्रष्टको धेरैजसो सम्पत्ति कब्जा गरेका छन् । उनलाई सरकारले दरबारमार्गमा नारायणहीटी संग्रहालय अगाडीपट्टीको जग्गामा भव्य मल निर्माण गर्न दिएको छ । शेर्पा अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीका निकट थिए । ओलीले शेर्पालाई प्रोत्साहन र संरक्षण दिदैं आएका थिए । गत वर्ष शेर्पाको निधन भएपछि उनको नाममा लुम्बिनीमा गुम्बा निर्माण गर्ने कार्यक्रमको शिलान्यास गर्न प्रधानमन्त्री आफैं पुगेका थिए । एक त लुम्बिनी परिसरभित्र शेर्पाको नाममा गुम्बा निर्माण गर्ने निर्णय नै विवादित छ । आङछिरिङ शेर्पासँगकै निकटताका आधारमा ओलीले उनकी भतिजीलाई स्पेनका लागि राजदूत नियुक्त गरेका छन् । शेर्पालाई सरकारले पाथिभरा मन्दिरसम्म केवलकार सञ्चालन गर्न दिने भएको थियो । सोही साइट अवलोकनका क्रममा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई समेत साथै लिएर गएका शेर्पाको आफ्नै स्वामित्वको एयर डाइनास्टिको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएको थियो ।
शेर्पाको स्वामित्वको यति होल्डिङ्सलाई प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत स्वार्थका आधारमा अर्को २५ वर्ष गोकर्ण रिसोर्ट सञ्चालनको जिम्मेवारी दिइएको हो । राजपरिवारको हत्यापछि सरकारले पूर्व राजपरिवारको सम्पत्ति नेपाल ट्रष्ट अन्तर्गत ल्याएको थियो । ट्रष्टका अध्यक्ष रक्षा मन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीको निर्देशनमा मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए । २८ सय रोपनीमा फैलिएको यो रिसोर्ट तथा गल्फकोर्ससहितको संरचनाको रिसोर्टबाट सरकारले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र भाडा पाउनेछ । सरकारले गत विहीबारको मन्त्रिपरिषद् बैठकबाट यो निर्णय गराएर यसलाई गोप्य राखेको छ । विपक्षी दलका नेताहरुले भने यसलाई ‘क्रोनि क्यापिटालिज्म’ को उदाहरण भन्दै सरकारको ठूलो भ्रष्ट्राचार भएको बताएका छन् ।

हेलिकप्टर दुर्घटनामा निधन भएका शेर्पाको फोटोमा उक्त रिसोर्टमा दीप प्रज्वलन गरिदैं

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x