Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सामाजिक सुरक्षा कोषमा सबैभन्दा कम सहभागीता कर्णाली प्रदेशको

सामाजिक सुरक्षा कोषमा सबैभन्दा  कम  सहभागीता कर्णाली प्रदेशको

काठमाडौं, २९ मंसिर । सामाजिक सुरक्षा कोषमा कर्णाली प्रदेशबाट रोजगारदाता र योगदानकर्ताको सबैभन्दा कम सहभागिता भएको छ। चालु आर्थिक वर्षको मंसिर २६ गतेसम्ममा एक सय १८ रोजगारदाता र एक सय ५८ योगदानकर्ताहरुले मात्र कर्णाली प्रदेशबाट कोषमा सहभागिता जनाएका छन् ।

कोषमा प्रदेश नम्बर ३ का रोजगारदाता र योगदानकर्ताको सबैभन्दा बढी सहभागिता रहेको छ । प्रदेश नम्बर ३ बाट ७ हजार ८ सय ५८ रोजगारदाता कोषमा आवद्ध भएका छन् भने ९४ हजार ८ सय १० योगदानकर्ताहरुले सहभागिता जनाएका छन् ।

त्यस्तै कोषमा रोजगारदाता र योगदानकर्ता बढी आवद्ध हुने दोस्रो प्रदेशमा नम्बर १ छ । प्रदेश १ बाट एक हजार ८ सय ५६ रोजगारदाता र २१ हजार ३ सय २१ योगदानकर्ताको कोषमा सहभागिता रहेको छ ।

त्यसैगरी प्रदेश नम्बर २, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका रोजगारदाता क्रमशः ४ सय ६३, ५ सय ४०, ८ सय ४३ र एक सय २२ सहभागी भएका छन् भने योगदानकर्ताहरु प्रदेश नम्बर २ बाट २१ हजार तीन सय २१, गण्डकी प्रदेशबाट ४ हजार ७ सय ७१, प्रदेश नम्बर ५ बाट २ हजार ७ सय ५१ र सुदूरपश्चिम प्रदेशबाट ४ सय ४७ सहभागी भएका छन् ।

हालसम्म कोषमा ११ हजार ८ सय रोजगारदाता र एक लाख ३१ हजार ६ सय ९२ योगदानकर्ताहरुले सहभागीता जनाएका छन् । त्यस्तै कोषमा सहभागीहरुबाट २७ करोड १० लाख रुपैयाँ रकम जम्मा भएको छ । चालु आर्थिक वर्षको मंसिर २६ गतेसम्ममा उक्त रकम कोषमा जम्मा भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x