Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल एसबिआई बैंकको १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल एसबिआई बैंकको १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

काठमाडौं, २९ मंसिर । नेपाल एसबिआइ बैंकले १०.८४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने भएको छ। आज राजधानीमा सम्पन्न बैंकको २६ औं बार्षिक साधारण सभाले हाल कायम रहेको ८ अर्ब ४४ करोड रुपैयाँ चुक्तापूँजीको आधारमा सेयरधनीहरुलाई कुल १६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

यसका साथै साधारण सभाले कुनै बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गर्ने, गराउने सम्बन्धि अख्तियारी पनि सञ्चालक समितिलाई दिएको छ भने विमला सुवेदीलाइ स्वतन्त्र संचालकमा चयन गरेको छ ।

नेपाल एसिबाईले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४३ करोड ७२ लाख खुद नाफा गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १०.७३ प्रतिशतले कम हो । आगामी दिनमा ग्रामिण भेगमा शाखा विस्तार गरि साना तथा मझौला उद्यममा लगानी बढाउदै जाने बैंकको योजना छ ।

हाल बैंकले ८८ वटा शाखा कार्यालय, १९ विस्तारित काउन्टर, ७ प्रादेशिक कार्यालय र एक विशेष शाखा कार्यालय मार्फत सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x