नाडाको अध्यक्षमा दुलाल चयन

काठमाडौं, २९ मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा कृष्णप्रसाद दुलाल सर्वसम्मत चयन भएका छन् । नाडाको आगामी नेतृत्व चयनका लागि आज ११ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो । अध्यक्ष पदको लागि दुलाल बाहेक अरु कसैको उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

अध्यक्षमा निर्विरोध चयन भएका दुलालले अटोमोबाइल क्षेत्रको व्यवस्थापन र व्यावसायीक हकहितको लागि काम गर्ने प्रतिवघता जनाए ।

उनी वर्तमान कार्यसमितिमा उपाध्यक्ष थिए ।

आगामी पुस ४ गते हुने संघको वार्षिक साधारण सभामा कार्यसतितिको औपचारिक घोषणा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *