Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

टिकेन नेप्सेको वृद्धि, परिसूचकसँगै कारोबार पनि घट्यो

टिकेन नेप्सेको वृद्धि, परिसूचकसँगै कारोबार पनि घट्यो

काठमाडौं, २९ मंसिर । गत हप्ता लगातार उकालो लागेको सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार (आज) गिरावट आएको छ । गत साताको अन्तिम दिन बिहीबार ११.२७ अंकले बढेको बजार आज ४.७८ अंक घटी ११६७.९६ विन्दुमा रोकिएको छ । बिहीबारको तुलनामा आज कारोबार रकममा पनि ८ करोड रुपैयाँले कमी आएको छ । बिहीबार ७६ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ६८ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यो एक सय ७१ कम्पनीको २० लाख ४३ हजार ३ सय १७ कित्ता सेयर खरिद–विक्रीबाट प्राप्त रकम हो ।

त्यस्तै सबैभन्दा बढी सेयर कारोबार एनएमबी बैंकको भएको छ । उक्त बैंकको ६ करोड ३७ लाख रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । बढी सेयर कारोबार गर्ने दोस्रोमा नेपाल बैंक लिमिटेड रहेको छ । नेपाल बैंकको ४ करोड ५४ लाख रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । त्यसैगरी सबैभन्दा बढी कमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । बीमा कम्पनीको आज प्रतिसेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी गुमाउनेमा स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । उक्त लघुवित्त संस्थाको आज प्रतिसेयर मूल्यमा ६.४ प्रतिशतले गिरावट आएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको उपसूचकमा वृद्धि भएको छ भने अन्य ९ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक वृद्धि हुने समूहमा बैंकिङ्ग ०.१९ प्रतिशत, उद्योग ४.३१ प्रतिशत र अन्य ०.३५ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x