Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

जावलाखेल युवा क्लव अब ‘प्रभु बैंक जाउलाखेल युवा क्लव’

जावलाखेल युवा क्लव अब ‘प्रभु बैंक जाउलाखेल युवा क्लव’

काठमाडौं, २९ मंसिर । जावलाखेल युवा क्लवको मुख्य प्रायोजक प्रभु बैंक बन्ने सम्झौता भएको छ । ललितपुरको जावलाखेलमा रहेको क्लव र प्रभु बैंकबीच उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीले आइतबार हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार क्लवलाई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत दुई किस्तामा नगद २५ लाख रुपैयाँ उपलब्ध गराउनेछ । सो बापत क्लवको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ । क्लवले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा ‘प्रभु बैंक जावलाखेल युवा क्लव’को नामले सहभागिता जनाउनु पर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै क्लवले प्रभु बैंकमा आप्mनो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार सञ्चालन गर्नेछ । क्लवको खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगायत प्रभु बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नुका साथै सहभागी जनाउँने सबै खेलमा खेलाडील प्रभु बैंक लेखेको जर्सी लगाउनु पर्ने छ । क्लवले सञ्चालन गर्ने खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा प्रभु बैंकको विज्ञापन प्रशारण गर्ने सम्झौता भएको पपनि विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x