Shangrila

निगमले मार्च देखि नारिता र ग्वाङजाओ उडान भर्ने

काठमाडौँ, ३० मंसिर । नेपाल भ्रमण बर्ष २०२० को सुरुसँगै नेपाल वायुसेवा निगमले अन्तराष्टिय दुई वटा नयाँ गन्त्यवमा उडान भर्ने भएको छ । निगमले मार्चको पहिलो साता देखि जापानको नारिता र दोश्रो साता देखि भने चीनको ग्वाङजाओ पनि उडान गर्ने निश्चित भएको छ । नयाँ दुई गन्तव्यको उडान थपिए पछि ए ३२० न्यारोवडी र ए ३३० वाइडवडीको उडान घण्टामा वृद्धि भै पूर्ण उपयोगमा आउने भएको छ ।

निगमले अहिले जापानको ओसाका साताको दुई दिन उडान गर्दै आएको छ । अब नारिता विमानस्थलमा उडान भएपछि ओसाका बन्द गर्ने निगमको तयारी छ । यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाङजाओ, भारतको दिल्ली, बैंगलौर, मुम्वई, थाइल्याण्डको बैंकक, मलेसिया, दुवई, दोहा र हङकङ गरी १० ओटा अन्तर्राष्ट्रिय गन्तव्य हुनेछन् । नयाँ गन्तव्य थप भएपछि निगमको वित्तीय अवस्थामा सुधार आउने छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *