सन्राइज बैंकको ऋणपत्र पूर्ण रुपमा बिक्री

काठमाडौं, ३० मंसिर । सन्राइज बैंकले जारी गरेको सात वर्ष अवधिको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र पूर्णरुपमा बिक्री भएको छ । गत कात्तिक २० गते निष्कासन गरिएको उक्त ऋणपत्र छिटोमा कात्तिक २४ गते र ढिलोमा मंसिर १९ गते सम्म खुल्ला रहेको थियो ।

१०.२५ प्रतिशत व्याज प्रदान गरिने उक्त ऋणपत्र यही २४ गते सम्ममा पूर्ण बिक्री भएको बैंकले जनाएको छ।

ऋणपत्रको बाडफाँड मंसिर २७ गते शुक्रबार गरिएको थियो ।

यससँंगै नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *