Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सडकमा खाल्डैखाल्डा २० लाख पर्यटकले के भन्लान ?

सडकमा खाल्डैखाल्डा २० लाख पर्यटकले के भन्लान ?

झरना कँडेल

काठमाडौं, १ पुस । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ सुरु हुन केही समय मात्र बाँकी छ । भ्रमण बर्ष सफल बनाउँन भन्दै सरकार तथा निजी क्षेत्रले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्षमा विभिन्न कार्यक्रमको घोषणा गरिएको छ । तर, यसरी यत्रतत्र भ्रमण बर्षलाई लिएर प्रचार भइरहदा काठमाडांै उपत्यकाभित्रका सडक भने अस्तव्यस्त छन् । उपत्यकाका अधिकांश सडकहरुमा जताततै खाल्डैखाल्डा छन् ।

यो समस्या आजको मात्र हैन् । वर्षैंदेखिको समस्या अझै पनि उस्तै देख्न सकिन्छ । विमान मार्फत नेपाल आउने पर्यटकको पहिलो पाइलो राख्ने स्थानको अवस्था यस्तो छ भने अन्य स्थानको अवस्था कस्तो होला ? हामीले सहजै कल्पना गर्न सकिन्छ । काठमाडौंमै पर्यटकको सबैभन्दा बढी वसोबास हुने गछृ । तर, यो खाल्डोमय शहरमा पर्यटक कत्तिको रमाउलान भन्ने प्रति खासै कसैको चासो जान नसकेकोमा पर्यटन व्यवसायीहरु चिन्तित छन् ।

शहरी विकास विज्ञ किशोर थापाले कतिपय सडकमा मेलम्चिको खानेपानीको टेष्टिङले गर्दा पाईप फुटेर खाल्डा पर्ने समस्या भएकोले पाइपको उचित मर्मत संभार गर्नुपर्ने बताए । सडकका खाल्डा पुर्न बजेटको समस्या नरहे पनि सडकको खाल्डा पुर्ने काममा सम्बन्धित निकाय जिम्मेवार नबन्दा यस्तो समस्या देखिएको उनले बताए ।

सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले काठमाडौंका खाल्डा खुल्डी माघको पहिलो हप्ता सम्म पुरिसक्ने लक्ष्य रहेको जानकारी दिए । खाल्डा पुरेर मात्रै समस्याको समाधान नहुन सुवाल बताउछन् । गुणस्तरीय सडक बनाउने हो भने पुरै भत्काएर बनाउनु पर्ने आवश्यक रहेको उनी बताउँछन् । उनका अनुसार खाल्डा पुर्नकै लागि भनेर गरिने बजेटिङ् पनि समयमा नहुदा यस्तो समस्या आएको हो ।

उसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पटक–पटक सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरुलाई बोलाएरै सडकका खाल्डा पुर्न निर्देशन दिँदासमेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन् । सडक डिभिजन कार्यालय, काठमाडौं, भक्तपुर र ललितपुरका सडक डिसभजन कार्यालयले पनि सडकका खाल्डा पुर्ने जिम्मा लिएको सडक विभागले जनाएको छ । त्यसमध्ये डिभिजन कार्यालय भक्तपुरले ६० प्रतिशत काम सकेको र बाँकी काम पुस मसान्त सम्म सम्पन्न गर्ने सडक डिभिजन कार्यालय, भक्तपुरका कम्प्युटर अपरेटर कृष्णहरि काफ्लेले बताए ।

उता सडक डिभिजन कार्यालय, काठमाडौंका सूचना अधिकारी सुर्दशन कार्कीले सडक डिभिजन काठमाडौंको मातहतमा रहेका करिब ७० प्रतिशत खाल्डाहरु पुरिसकेको बताए । बाँकी रहेको स्थानमा खानेपानीको पाइपले गर्दा ढिलाइ भएको र अब खानेपानीको लिकेजलाई मर्मत गरि पुस २० गतेसम्म सम्पूर्ण कार्य सम्पन्न गर्ने उनले अर्थको अर्थलाई जानकारी दिए ।

त्यस्तै, सडक डिभिजन ललितपुरको जिम्मामा रहेको सडकको करिव ९० प्रतिशत काम सम्पन्न भैसकेको सडक डिभिजन ललितपुकी ई। सुमित्रा अधिकारीले बताईन् । उपत्यकामा १६ सय किलोमिटर सडक छ । जसमध्ये एउटा सडक डिभिजन कार्यालयको भागमा ४ सय किलोमिटर सडकको मर्मत गर्ने जिम्मा पर्छ । बाँकी रहेको ४ सय किलोमिटर सडक विभिन्न नगरपालिका तथा महानगरपालिका लगायत अन्य निकायको जिम्मामा छ । तैपनि जिम्मेवार निकायले काम समयमा नै सम्पन्न गरेका छैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x