देवः विकास बैंकको नयाँ शाखा बहादुरगञ्जमा

काठमाडौं, १ पुस । देवः विकास बैंकले कपिलवस्तुको कृष्णनगर नगरपालिका, वडा नं. ८ स्थित बहादुरगञ्जमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले गरेका हुन् ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा नगर प्रमुख शाहले कृष्णनगर क्षेत्रको आर्थिक विकासमा बैकसँग हातेमालो गरी स्थानीय श्रोत साधान परिचालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै शाखा कार्यालयको स्थापनाबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न बैंक अग्रसर हुने आफूँमा विश्वास रहेको बताए ।

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले देशको आर्थिक अभिवृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्द्रिकृत गरी कारोबार गरिने जानकारी दिए । बैंकले देवः भिसा कार्डको प्रयोग गर्दा ३ प्रतिशत क्यास व्याकको सुविधा उपलब्ध गराउने र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि सेवाग्राहीहरुलाई निःशूल्क भिसा डेविट कार्ड र ई बैंकिङ्ग सेवा उपलब्ध गराइने श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *