Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनआईसी एशिया बैंकका एकै साथ ६ नयाँ शाखा विस्तार

एनआईसी एशिया बैंकका एकै साथ ६ नयाँ शाखा विस्तार

काठमाडौं, १ पुस । एनआईसी एशिया बैंकले एकै साथ ६ वटा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. १६ को बोहोराटार र माछापोखरी, वडा नं. १४, कलंकीस्थित खसिबजार, वडा नं. ३२ को नरेफाँट, वडा नं. २८ को पुतलीसडक र वडा नं. ३ स्थित स्वयम्भुमा शाखा कार्यालय विस्तार गरेको हो ।

बोहोराटार शाखाको उद्घाटन स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरेले र माछापोखरी शाखाको सोही वडाका वडा अध्यक्ष मुकुन्द रिजालले गरेका हुन् । त्यस्तै खसीबजार शाखाको सोही वडाका वडा अध्यक्ष शोभा सापकोटा, नरेफाँट शाखाको सोही वडाका वडा अध्यक्ष नवराज पराजुली, पुतलीसडक शाखाको सोही वडाका वडा अध्यक्ष भाइ राम खड्गीले र स्वयम्भू शाखाको सोही वडाका वडा अध्यक्ष प्रेमलाल श्रेष्ठले उद्घाटन गरेका हु्न् ।

हाल बैंकले यी शाखा कार्यालसहित ३ सय ११ शाखा कार्यालय, ४ सय ३ एटीएम, ९५ वटा एक्स्टेन्सन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x