प्रभु बैंकको काउण्टर कोशी अस्पतालमा

काठमाडौं, १ पुस । प्रभु बैंकले मोरङ्गको विराटनगर महानगरपालिका वडा नं. ७ स्थित कोशी अस्पताल परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको उद्घाटन अस्पतालका प्रमुख सुपरीटेन्डेन्ट डा. गुणराज लोहनीले गरेका हुन् ।

कोशी अस्पतालमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सार्वजनिक विदाको दिन बाहेक विहान ८ बजेदेखि साँझ ७ बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा अस्पतालमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने बैंकले जनाएको छ । सेवाग्राहीले बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट सरल र सहज रुपमा एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न सक्ने व्यवस्थ मिलाइएको बैंकले जनाइएको छ ।

एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्पmत् हुने र प्रशासनिक सहजतामा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *