सन्राइज बैंकको १२८औं शाखा बट्टारमा
काठमाडौं, १ पुस । सन्राइज बैंकले नुवाकोटस्थित बट्टारमा १२८औं शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सांसद् नारायण प्रसाद खतिवडा, बट्टार नगरपालिकाका मेयर सन्जु पण्डित र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रmपमा गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा सांसद् खतिवडाले बैंकले कृषि क्षेत्रमा लगानी बढाइ आयातलाई प्रतिस्थापन गर्नु पर्ने बताए । नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले बट्टारमा सन््राइज बैंकको आगमनले व्यापारीकरण र औधोगिकरणमा थप प्रोत्साहन मिल्ने बताए । त्यस्तै बट्टार नगरपालिकाका मेयर पण्डितले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्ने अपेक्षा गरिएको बताए । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि प्राथमिकताका साथ अधि बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।
हाल बैंकले यो शाखासहित एक सय २८ वटा शाखा कार्यालय, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र एक सय ४७ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।