Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

त्रिभुवन बिमानस्थल दैनिक २१ घण्टा सञ्चालन गरिने

त्रिभुवन बिमानस्थल दैनिक २१ घण्टा सञ्चालन गरिने

काठमाडौं, १ पुस । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुने भएको छ । धावनमार्गलगायत जीणोद्वारको दोस्रो चरणको काम सकिएसँगै सञ्चालन अवधि पनि बढाउँन लागिएको बिमानस्थलले जनाएको छ ।

गत भदौ १५ देखि पुस १५ सम्मका लागि दैनिक सात घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सम्पन्न भएको छ । त्यसैले आगामी ३१ डिसेम्बरदेखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने बिमानस्थलले जनाएको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थलको जीर्णोद्वारको काम सकिएको छ । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने अघिल्लो पटक बजेट तथा नीति कार्यक्रममै घोषणा गरेको थियो ।

विमानस्थलको जीणोद्वार सकेपछि विमानस्थलको क्षमता बढ्ने र हालको चाप न्यूनीकरण हुने अपेक्षा गरिएको छ । सन् २०२० को मार्च महिनादेखि सञ्चालनमा ल्याउने गरी तीव्रगतिमा निर्माण भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थलका चाप व्यवस्थापनमा सहज हुने अधिकारीले बताउँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x